तोलामा ३७ सयले बढ्यो सुनको भाउ, चाँदीको कति पुग्यो ?

राम्रो अनलाइन     २० माघ २०८२, मङ्गलबार
तोलामा ३७ सयले बढ्यो सुनको भाउ, चाँदीको कति पुग्यो ?

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य बढेको छ । केही दिनयता घटिरहेको सुनको मूल्य मंगलबार ९माघ २०० तोलामा ३७ सय रुपैयाँले बढेको हो ।
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँ तोकिएको छ ।

सोमबार ९माघ १९० प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो । त्यसैगरी, चाँदीको मूल्य तोलामा १३५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ३३५ रुपैयाँ कायम भएको छ । 

हिजो पाँच हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया