निगमले सार्वजनिक गर्‍यो नेपाल ग्यासको वितरण तालिका

राम्रो अनलाइन     २१ माघ २०८२, बुधबार
निगमले सार्वजनिक गर्‍यो नेपाल ग्यासको वितरण तालिका

 

काठमाडौँ – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा आज बिक्री वितरण हुने नेपाल ग्यासको विवरण सार्वजनिक गरेको छ । निगमले  ८४ स्थानबाट ६ हजार ८७० सिलिन्डर बिक्री वितरण हुने जनाएको हो । 

पछिल्लो समय बजारमा विशेष गरी नेपाल ग्यास अभाव भएको गुनासो आइरहेको छ । यसै सन्दर्भमा उद्योगले ग्यास बिक्री हुने विवरण सार्वजनिक गरेको हो । यस्तै, निगमले ग्यास आयात परिमाण बढाएको र अब अभाव नरहेको जनाएको छ । 

प्रतिक्रिया