खाेटाङमा बिहे भाेज खाएर बेहुला–बेहुलीसहित डेढ सय जना बिरामी, नयाँ बिरामी थपिएको थपियै

राम्रो अनलाइन     २५ माघ २०८२, आइतबार
खाेटाङमा बिहे भाेज खाएर बेहुला–बेहुलीसहित डेढ सय जना बिरामी, नयाँ बिरामी थपिएको थपियै

खोटाङ– खोटाङमा बिहे भोज खाएका एकसय भन्दा बढी मानिस बिरामी परेका छन् भने केहीको अवस्था गम्भीर छ। 

जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा बिहे भोज खाएका एकसय भन्दा बढी गाउँले बिरामी परेका हुन्। गत माघ २२ गते स्थानीय वर्णबहादुर राईका छोरा किशोर राईको विवाहको भोज खाएर पाहुना र गाउँले गरि झण्डै डेढसय जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी इन्सपेक्टर राजु बिष्टले जानकारी दिए। 

फुड प्वाइजनुको कारण बेहुला र बेहुलीसमेत बिरामी परेका छन्। अहिले सबै बिरामीहरूको उपचार भइरहेको प्रहरीले बताएको छ। 

प्रतिक्रिया