रामेछाप बस दुर्घटना : चारजनाको अवस्था गम्भीर

राम्रो अनलाइन     २७ माघ २०८२, मङ्गलबार
रामेछाप बस दुर्घटना : चारजनाको अवस्था गम्भीर

काठमाडौं – काठमाडौंबाट रामेछापतर्फ गइरहेको एक यात्रुवहाक बस तामाकोसी नदीमा खसेको छ । मंगलबार बिहान खुर्कोटबाट करिब तीन किलोमिटर पर मिलौती पहरामा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

‘बस तामाकोसीमा खसेको छ । उद्धारकार्य जारी छ । ६ जनालाई उद्धार गरेर अस्पताल पठाइएको छ,’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजन तिमलसिनाले बाह्रखरीसित भने, ‘अरू चारजनाको अवस्था गम्भीर छ । उहाँहरूलाई पनि हामी अस्पताल पठाउँदै छौँ ।’ 

प्रतिक्रिया