काठमाडौं – नेपाली बजारमा मंगलबार (फागुन ५) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ९०० रुपैयाँले घटेको हो ।
आजका लागि प्रतितोला तीन लाख एक हजार ९०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।अघिल्लो दिन तीन लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर चार हजार ८८५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चार हजार ८६० रुपैयाँ थियो ।