देउवा सिंगापुर प्रस्थान, चुनावअघि फर्कने

राम्रो अनलाइन     १४ फागुन २०८२, बिहिबार
देउवा सिंगापुर प्रस्थान, चुनावअघि फर्कने

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । उपचारका निम्ति बुधबार (फागुन १३) राति उनी त्यसतर्फ गएका देउवाको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार, देउवा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअघि नै स्वदेश फर्कनेछन् । उनी यसपालि चुनावी प्रतिस्पर्धामा छैनन् ।

‘नियमित स्वास्थ्य जाँच गराउन जानुभएको हो,’ सचिवालय स्रोतले भने, ‘चार दिनपछि फर्कनुहुनेछ ।’ सचिवालयका अनुसार, देउवा एक्लै सिंगापुरतर्फ लागेका छन् । उनकी पत्नी आरजु राणा देउवा यति बेला भारतको नयाँ दिल्लीमा छिन् ।

‘जेनजी’ आन्दोलन र पार्टीको विशेष महाधिवेशनपश्चात् राजनीतिक रूपमा सक्रिय नरहेका देउवाले निर्वाचन र कांग्रेस उमेदवारका विषयमा कुनै सार्वजनिक अभिव्यक्ति दिएका छैनन् । उनले ०४८ देखि ०७९ सालसम्म डडेलधुराबाट लगातार आमनिर्वाचन जितेका थिए । 

प्रतिक्रिया