पोखरामा शंकास्पद वस्तु फेला

राम्रो अनलाइन     १९ फागुन २०८२, मङ्गलबार
पोखरामा शंकास्पद वस्तु फेला

पोखरा – कास्कीको पोखरास्थित लेकसाइडमा मंगलबार ९फागुन १९० दिउँसो शंकास्पद वस्तु फेला परेको छ ।

पोखरा महानगरपालिका–६, लेकसाइडस्थित एक पसलछेउमा शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ । 

स्थानीयका अनुसार, लेकसाइडको लालुपातेमार्गनजिकैको एउटा पसलबाहिर एक व्यक्तिले झोला छाडेर गएका थिए । त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया