उदयपुरमा २१ उमेदवारको जमानत जफत

राम्रो अनलाइन     २७ फागुन २०८२, बुधबार
उदयपुरमा २१ उमेदवारको जमानत जफत

उदयपुर – यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार बनेका उदयपुरका २१ जनाको जमानत (धरौटी) जफत भएको छ ।

मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्ययका अनुसार, उदयपुरका दुई निर्वाचन क्षेत्रमा कुल ३१ जनाले उमेदवारी दर्ता गराएका थिए । उनीहरूमध्ये दुई स्वतन्त्रसहित २१ जनाले खसेको मध्ये सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दासमानत जफत भएको हो ।

जमानत भन्नाले उमेदवारी दर्ता गराउँदा निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्ने निश्चित शुल्क हो । उमेदवारहरूले जनही १० हजार रुपैयाँका दरले धरौटी बुझाएका थिए ।

एक स्वतन्त्रसहित कुल १८ जनाले उमेदवारी दर्ता गराएको उदयपुर–१ मा १३ उमेदवारको जमानत जफत भएको छ । एक स्वतन्त्रसहित कुल १३ जनाले उमेदवारी दर्ता गराएको उदयपुर–२ मा आठ उमेदवारको जमानत जफत भएको उपाध्ययले जानकारी दिए ।

प्रतिक्रिया