काठमाडौं – यात्रुमाथि अभद्र व्यवहार गर्ने राइडरलाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका प्रहरी कार्यालयको टोलीले काठमाडौं क्षेत्रपाटीका ४३ वर्षीय कुमार श्रेष्ठलाई सोमबार पक्राउ गरेको हो ।
राइड सेयरिङमार्फत गन्तव्यमा जान ‘रिक्वेस्ट’ गरेकी एक युवतीमाथि अभद्र व्यवहार गरेको आरोपमा श्रेष्ठ टेकु चोकबाट पक्राउ परेका हुन् ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।