ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किदाँ एकजनाको मृत्यु, चार घाइते

राम्रो अनलाइन     ०८ चैत २०८२, आइतबार
ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किदाँ एकजनाको मृत्यु, चार घाइते सांकेतिक तस्बिर

काठमाडौं – ललितपुरमा इँटाभट्टाको पर्खाल भत्कँदा एकजनाको मृत्यु भएको छ । आइतबार (चैत ८) बिहान करिब १० बजे हरिसिद्धिस्थित होसना इँटाभट्टाको पर्खाल भत्कँदा एक जनाको मृत्यु र चारजना घाइते भएका हुन् ।

पर्खालको इँटाले च्यापिँदा कर्मचारी रुकुमकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए ।

यस्तै, रुकुमकी २७ वर्षीया जानकी चन्द, सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेमध्ये जानकीको अवस्था गम्भीर छ । घाइतेको उपचार ललितपुरकै मेडिसिटी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया