बिग बास लिग : लगातार विकेटविहीन बनेका सन्दीपले शुक्रबार लिए २ विकेट

राम्रो अनलाइन     ०९ माघ २०७७, शुक्रबार

अस्ट्रेलियामा जारी बिग बास क्रिकेट लिगमा लगातार दुई खेलमा विकेटविहीन बनेका नेपाली क्रिकेटर सन्दीप लामिछानेले शुक्रबार भइरहेको खेलमा २ विकेट लिएका छन् । 

होबर्ट हुरिकेन्स र पर्थ स्कोचर्सबीच भइरहेको खेलमा उनले हुरिकेन्सका लागि २ विकेट लिएका हुन् ।

सन्दीपले २६ रन बनाएर आक्रामक पारी खेलिरहेका लियाम लिभिङ्स्टोन र मिचेल मार्सको विकेट लिएका हुन् । 

खेलको छैठौँ ओभरमा व्यक्तिगत पहिलो ओभरमा लिभिङ्स्टोन र दोस्रो ओभर बलिङ गर्दा मार्सको विकेट लिए । उनले ४ ओभर बलिङ गर्दा २७ रन खर्चिए ।

स्कोचर्सले हुरिकेन्सलाई दियो १८० रनको लक्ष्य
जारी खेलमा स्कोचर्सले हुरिकेन्सलाई १८० रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको स्कोचर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७९ रन बनाएको हो ।

स्कोचर्सका लागि जोश इंग्लिसले ५८ रन बनाए । त्यस्तै जे रिचार्डसनले २९ तथा लिभिङ्स्टोनले २६  रन बनाए ।

हुरिकेन्सका नाथन इलिसले ४ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले ३२ रन खर्चिए । त्यस्तै सन्दीपले २ विकेट हात पारे भने विल ज्याक्सले १ विकेट हात पारे ।
 

प्रतिक्रिया