अमेरिकाद्वारा नेपाललाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने घोषणा

राम्रो अनलाइन     २० जेठ २०७८, बिहिबार
अमेरिकाद्वारा नेपाललाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने घोषणा

काठमाडौं : अमेरिकाले नेपाललाई कोरोना खोप उपलब्ध गराउने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । यद्यपि कति डोज भन्न खुलेको छैन ।

अमेरिकाले जुन महिनाको अन्तिमसम्ममा ८ करोड डोज कोरोना खोप विश्वभर सहयोग गर्दैछ । यसमध्ये पहिलो चरणमा दिइने साढे २ करोडको खोप वितरणको योजना अमेरिकी राष्ट्रपति जो बोइडेनले सार्वजनिक गरेका हुन् ।

अमेरिकाले पहिलो चरणमा दिइने साढे २ करोड डोज खोपको करिव ७५ प्रतिशत अर्थात झण्डै १ करोड ९० लाख कोभ्यास कार्यक्रमलाई दिइनेछ । यसमध्ये करिव ६० लाख ल्याटिन अमेरिका र क्यारेबियन देशमा जानेछ । बाँकी ७० लाख दक्षिण र दक्षिणपूर्वी एसिया तथा ५० लाख अफ्रिकामा जानेछ ।

बाँकी ६० लाख डोज खोप क्यानडा, मेक्सिको, भारत तथा दक्षिण कोरियका साथै कोरोना महामारीसँग जुधिरहेका देशहरुलाई दिइने राष्ट्रपति बाइडेनले बताए ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकाले नेपाललाई खोप दिने पक्का भएको अनलाइनखबरलाई बताए । उनले भने, ‘नेपाललाई भ्याक्सिन सपोर्ट गर्ने घोषणा भएको छ, अंक चाँहि तोकेको छैन ।’

प्रतिक्रिया