मेकअप बग्न नदिन

राम्रो अनलाइन     २८ जेठ २०७८, शुक्रबार
मेकअप बग्न नदिन

गर्मी र वर्षाका कारण धेरैलाई मेकअप बग्ने समस्याले सताइरहेको हुन्छ। मेकअप लामो समय टिकाउन केही उपाय अपनाउन सकिन्छः


  • मेकअप गर्नुअघि अनुहार राम्ररी सफा गरी धुनुपर्छ। आइस क्युब अनुहारमा दल्नुपर्छ। त्यसपछि एकदुई मिनेट फेस मसाज गर्नुपर्छ र पाँच मिनेटसम्म यसै छोडिदिनुपर्छ। यसो गर्दा छालाबाट तेल निस्किन नियन्त्रित हुन्छ।
  • अनुहारको छालाअनुसार टोनर प्रयोग गर्न सकिन्छ। अइली स्किन हुनेले अइल फ्री टोनर प्रयोग गर्नुपर्छ। सुक्खा छाला भएकाहरूले हाइड्रेटिङ टोनर लगाउनुपर्छ।
  • छालालाई चिल्लो बनाउन जेल अथवा सिलिकन भएको प्राइमर प्रयोग गर्नुपर्छ। यसले मेकअप टिकाउन मद्दत गर्छ।
  • अइली वा क्रिमयुक्त मेकअप पसिनाले चाँडै बग्ने हुन्छ। मेकअप लामो समय रहिरहोस् भन्ने चाहनुहुन्छ भने वाटरप्रुफ सौन्दर्य सामग्री प्रयोग गर्नुपर्छ।
  • मेकअप गरिसकेपछि सेटिङ स्प्रे छर्किनुपर्छ। यसो गर्दा मेकअप टिकिराख्छ।
     

प्रतिक्रिया