देशभर १५७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अद्यावधिक विवरणअनुसार शुक्रबार १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज थपिएका संक्रमितसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ७० हजार ७४५ पुगेको छ ।
यसैगरी आज ३३३ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार २५ पुगेको छ । बिहीबार भने मृतक संख्या शून्य रहेको थियो ।
हाल नेपालमा ३ हजार २२ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै १११ जना क्वारेन्टिनमा रहेका छन् ।