कोरोना खोप लगाएका ५५ जनामा गम्भीर समस्या

राम्रो अनलाइन     १७ माघ २०७७, शनिबार

कोरोनाविरुद्धको खोप लगाएका ५५ जनामा हिँड्डुल गर्न नसक्ने गरी समस्या देखिएको छ । दोलखाका ५५ जना स्वास्थ्यकर्मीमा यस्तो समस्या देखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय दोलखाका अनुसार बुधबार १५५ जनाले कोभिसिल्डको पहिलो डोज लगाएका थिए ।

धेरैजसोमा ज्वरो आउने समस्या देखिएको छ । केहीले बोल्न पनि कठिन भइरहेको बताएका छन् । बुधबार र बिहीबार लगाएको भ्याक्सिनको प्रभाव बारे शुक्रबार जिल्ला प्रशासनमा समीक्षा बैठकको आयोजना गरिएको थियो । 

बैठकमा दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले बुधबार र बिहीबार भ्याक्सिन लगाएका अधिकांशलाई ज्वरो आएको जानकारी दिएका थिए।

नेपालमा माघ १४ गतेबाट कोरोना खोप अभियान सुरु भएको छ । अहिले देशभरका स्वास्थ्यकर्मी तथा कोरोना महामारीमा अग्रपंतिमा खटिएकाहरुलाई पहिलो चरणको खोप लगाउने कार्यक्रम चलिरहेको छ । 

प्रतिक्रिया