पछिल्लो २४ घण्टामा देशभर १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३०८ जनाको पीसीआर परीक्षण भएकोमा १०५ जनालाई कोरोना पोजेटिभ देखिएको हो ।
संक्रमितमध्ये काठमाडौं उपत्यकाका ६८ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ७० हजार ९५९ पुगेको छ ।
यसैगरी आइतबार २८८ जना निको भएका छन् । हाल निको हुनेको संख्या २ लाख ६६ हजार ३३६ रहेको छ ।
गत २४ घण्टामा २ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या २ हजार २९ पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या २ हजार ५९४ रहेको छ ।