काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार चार हजार तीन सय रूपैयाँले सुनको मूल्य बढेको हो।
योसँगै सुनको मूल्य प्रतितोला तीन लाख चार हजार सात सय रूपैयाँ पुगेको छ। त्यसैगरी चाँदीको मूल्य प्रतितोला एक सय ८० रूपैयाँ बढेको छ। अहिले चाँदी तोलाको पाँच हजार ६० रूपैयाँमा कारोबार भइरहेको छ।