देशभर १४२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार बुधबार उपत्यकामा ५५ सहित देशभर १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उपत्यकामध्ये भक्तपुरमा ३, ललितपुरमा ८ र काठमाडौँमा ४४ जना कोरोना संक्रमित भेटिएका हुन् ।
यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ७१ हजार ४३१ पुगेको छ ।
गत २४ घण्टामा २०६ जना कोरोना संक्रमणमुक्त भएका प्रवक्ता गौतमले जानकारी दिए । उनका अनुसार योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या २ लाख ६७ हजार ६५ पुगेको छ ।
यसैगरी बुधबार एक जना संक्रमितको ज्यान गएको छ । योसँगै नेपालमा २ हजार ३१ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।
हाल नेपालमा २ हजार ३३५ सक्रिय संक्रमित रहेका छन् । त्यस्तै ९५ जना क्वारेन्टिनमा रहेका प्रवक्ता गौतमले जानकारी दिए ।