राम्रो रङ  प्यारो रङ 

राम्रो अनलाइन     ०३ चैत २०७८, बिहिबार
राम्रो रङ  प्यारो रङ 

नीता ढुंगाना, अभिनेत्री

नीलो मेरो मन पर्ने रङ हो । यस रङबाट मलाई ‘पोजेटिभ भाइब्स’ महसुस हुन्छ ।  हरियो रङ पनि मन पर्छ । नीलो र हरियो रङमा जुनसुकै रङ मिल्छ जस्तो लाग्छ । 

नम्रता सापकोटा, अभिनेत्री


मेरो फेभरेट रङ पहेँलो हो । पहेँलो रङका पहिरनमा सजिँदा आफू आकर्षक देखिएको महसुस गर्छु । पहेँला रङका लुगाले मेरो दराज भरिएको छ । चम्किलो र उज्यालो देखिने भएकाले मलाई यो रङ ठीक लाग्छ ।

 

उपासना सिंह ठकुरी, अभिनेत्री 

 

 

मलाई रातो रङ औधी मन पर्छ । ‘रातो राम्रो, गुलियो मीठो’ भन्ने उखानै छ । यो रङको लुगा मलाई साह्रै सुहाउँछ । चम्किलो हुने भएकाले पनि यही रङ मन पर्छ । 

आर्जन पाण्डे, गायक 

 

 

नीलो, पहेँलो मेरा मन पर्ने रङ हुन् । होलीमा यिनै रङका लुगा लगाउँछु । पहेँलो रङ उज्यालो हुन्छ । मलाई फिक्काभन्दा उज्यालो रङ बढी मन पर्छ । आकाशजस्तै हुने भएकाले नीलो रङ राम्रो लाग्छ । 

 

प्रियंका यमी, अभिनेत्री 

 


मेरो प्रिय रङ गुलाबी हो । यस रङका थुप्रै पहिरन मसँग छन् । गुलाबी रङका लुगा मलाई सुहाउँछन् पनि । होलीमा सेतो र गुलाबी रङ मिलाएर लगाउँदा झन् आकर्षक देखिन्छ । 

 

सुप्रिया कटुवाल, अभिनेत्री 

 


सेतो र कालो रङ खूब मन पर्छन् । यी दुई रङ आफैँमा मिलेको देखिन्छ । कालो र सेतो रङको लुगा आफूलाई सुहाउँछ जस्तो लाग्छ ।  

सन्ध्या केसी, अभिनेत्री 


म रङपारखी नै हुँ । नीलो र रातो रङ मलाई एकदमै मन पर्छन् । लुगा पनि नीलो रङकै बढी किन्छु । रातो रङ पनि राम्रो लाग्छ । त्यसले जीवनमा उमंग ल्याउँछ जस्तो लाग्छ । गुलाबी रङ पनि ठीक लाग्छ ।

 

कला लम्साल, गायिका 


रातो रङ मन पर्छ । यस रङको लुगा मलाई साह्रै सुहाउँछ । शुभ मानिने भएकाले रातो रङ नै मेरो फेभरेट हो । मेरो घरमा लुगादेखि पर्दा, तन्नालगायत प्रायः रातो रङकै हुन्छन् । 

 

सागर लम्साल, हास्यकलाकार 

 


सबै खालेका रङका आ–आफ्ना विशेषता छन् । तर, मलाई नीलो र रातो विशेष लाग्छ । रातो रङ बोल्ड लाग्छ । नीलो आफैँमा शीतल र सुन्दर लाग्छ । यी दुई रङ मेरा फेभरेट हुन् । 

 

सुशिला पाठक, गायिका 


पहेँलो रङ मेरो प्रिय रङ हो । यो मेरो लक्की रङ पनि हो । पहेँलो ड्रेसमा सुन्दर देखिन्छु जस्तो लाग्छ । घरको बगैँचामा पनि पहेँला रङकै फूल बढी रोपेकी छु ।


 

प्रतिक्रिया