धरान उपमहानगरपालिकामा कांग्रेसको अग्रता

राम्रो अनलाइन     ०१ जेठ २०७९, आइतबार
धरान उपमहानगरपालिकामा कांग्रेसको अग्रता


धरान– धरान उपमहानगरपालिकामा तीन हजार ५०० मत गणना गर्दा मेयर पदमा गठबन्धनका उम्मेदवार किशोर राई अग्रस्थानमा छन् । पछिल्लो मत परिणामअनुसार उहाँले एक हजार ३४० प्राप्त गरेका छन् । स्वतन्त्रका उम्मेदवार हर्क साङपाङले ९२२ प्राप्त गरेका गरेका छन् । 
    
नेकपा (एमाले) की मञ्जु भण्डारीले ७०६ मत प्राप्त गरेकी छिन् । उपमेयरमा गठबन्धनबाट नेकपा  (माओवादी केन्द्र) का आइन्द्रविक्रम बेघाले एक हजार ४२९ र एमालेका पदम लिम्बूले ८४४ मत प्राप्त गरेका छन् ।   हाल वडा नं १, २ र ३ को मत गणना जारी छ । यी बजार क्षेत्र कांग्रेसको पकट क्षेत्र मानिन्छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा  १ र २ कांग्रेस र ३ मा एमालेले विजयी गरेको वडा हुन् । 

धरान  २ मा एमालेका  राई विजयी 

धरान –२ को वडाध्यक्ष पदमा एमालेका उम्मेदवार रमेश राईले ६९५ मत विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेसका सुधीरसिंह लिम्बूले ६२३ मत प्राप्त गर्नुभएको छ । अन्य सदस्यमा भने  कांग्रेसका उम्मेदवार विजयी भएका छन् । २ नं वडामा २०७४ को निर्वाचनमा कांग्रेसले विजय हासिल गरेको थियो । 
 

प्रतिक्रिया