नवनिर्वाचित प्रमुखलाई प्रमाणपत्र (फोटो फिचर)

राम्रो अनलाइन     ०७ जेठ २०७९, शनिबार
नवनिर्वाचित प्रमुखलाई प्रमाणपत्र (फोटो फिचर)

घोराही उपमहानगरपालिकाको प्रमुख पदमा नरुलाल चौधरी निर्वाचित भएपछि शुक्रबार प्रमाणपत्र वितरण गर्दै मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापा । 

 

कञ्चनपुरको दोधारा चादँनी नगरपालिका, बेदकोट, बेलौरी, बेल्डाँडी र लालझाडी गाउँपालिकाका नगरप्रमुख एवं अध्यक्षमा नवनिर्वाचितहरु शुक्रबार महेन्द्रनगरमा शपथग्रहणपछि सामूहिक तस्वीर खिचाउँदै । नौ पालिका रहेको कञ्चनपुरमा अहिले चार पालिकामा मतगणना जारी छ । 

 

मुख्य निर्वाचन अधिकृतको कार्यालय खलङ्गामा शुक्रबार मुख्य निर्वाचन अधिकृत जवाहरप्रसाद सिंहसमक्ष चन्दननाथ नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख राजुसिंह कठायत शपथ लिँदै । 

 

घोराही उपमहानगरपालिकाका उपप्रमुखमा निर्वाचित हुमा डिसीलाई शुक्रबार प्रमाणपत्र वितरण गर्दै मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापा । 

 

माओवादी केन्द्रबाट गोरखाको गण्डकी गाउँपालिका नवनिर्वाचित अध्यक्ष दिपक तिमिल्सिना (साकार) लाई शुक्रबार गाउँपालिकामा आयोजित कार्यक्रममा निर्वाचन अधिकृत वासुदेव रेग्मीले प्रमाणपत्र वितरण गर्दै । 

 

बैतडीका स्थानीय तहमा निर्वाचित प्रमुख र अध्यक्षहरूलाई शपथग्रहण गराउँदै मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्की । 

 

वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा ताप्लेजुङको नौ स्थानीय तहमा नव निर्वाचित नगरप्रमुख र गाउँपालिका अध्यक्षहरुलाई मुख्य निर्वाचन अधिकृतद्वारा गोपनीयताको शपथ ग्रहण गराउँदै नव निर्वाचित प्रमुख र अध्यक्षहरु । 

 

जिल्ला समन्वय समितिको कार्यालय काठमाडाँैमा शुक्रबार भएको कार्यक्रममा काठमाडौँ जिल्ला चन्द्रागिरी नपा र टोखा नपाका नव निर्वाचित नगरप्रमुख  काठमाडौ जिल्लाका न्यायाधीश राजुराज खतिवडाबाट पद तथा गोपनीयताको शपथ लिँदै । 
 

प्रतिक्रिया