ललितपुरमा तिन वटा खोप केन्द्रबाट कोरोना खोप प्रदान गरिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले सूचना जारी गर्दै ललितपुरका पाटन अस्पताल, किस्ट अस्पताल तथा आनन्दबन अस्पतालबाट खोप दिने जानकारी दिएको हो ।
पहिलो चरणमा छुटेका र स्थानीय जनप्रतिनिधि, बैंकका कर्मचारी, जनपथ प्रहरी तथा सार्वजनिक कार्यालयका कर्मचारीलाई खोप दिइने छ ।
खोप लगाउने व्यक्तिले सम्बन्धीत कार्यलयको परिचयपत्र र छुटेकाले यसअघि नाम टिपाइएको नामावलीको प्रमाणित प्रतिलिपीसहित खोप केन्द्रमा उपस्थित हुनुपर्ने छ ।
कुन केन्द्रमा कहिले खोप दिइन्छ ?
पाटन अस्पताल : फागुन २, ५ र ७ गते
किस्ट अस्पताल : फागुन २, ५ र ७ गते
आनन्दबन अस्पताल : फागुन २, ४ र ७ गते