भारतीय स्थल सेनाध्यक्ष पाण्डे काठमाडौँमा, यस्तो छ कार्यसूची

राम्रो अनलाइन     १९ भदौ २०७९, आइतबार
भारतीय स्थल सेनाध्यक्ष पाण्डे काठमाडौँमा, यस्तो छ कार्यसूची


काठमाडौँ– भारतका स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे पाँच दिने औपचारिक भ्रमणको सिलसिलामा आइतबार काठमाडौँ आइपुगेका छन्। नेपालका प्रधान सेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी भारतीय सेना सैनिक संघकी अध्यक्षसमेत रहेकी श्रीमती अर्चना पाण्डेका साथ पाँच सदस्यीय भ्रमणदलसहित नेपाल आएका हुन्।

भ्रमणदललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी वालकृष्ण कार्की र श्रीमती मनिषा कार्कीले स्वागत गरेका छन्।

पाण्डेलाई सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जानकारी दिएको छ।

ुमित्रराष्ट्र भारतका उच्चपदस्थ सैनिक अधिकारीहरूको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ विस्तार एवम् प्रगाढ पार्न थप मद्दत पुग्‍ने विश्‍वास नेपाली सेनाले लिएको छ,ु नेपाली सेनाले जनाएको छ।

प्रतिक्रिया