सन् २०२२ मा विश्वमा भए यस्ता रेडकार्पेटका घटना भए 

राम्रो अनलाइन     १५ पुस २०७९, शुक्रबार
सन् २०२२ मा विश्वमा भए यस्ता रेडकार्पेटका घटना भए 

सन् २०२२ मा विश्वमा अनगिन्ती रेडकार्पेटका घटना भए । सेलिब्रिटीले टक्सिडो र गाउनजस्ता पहिरन लगाएर आफूलाई प्रस्तुत गरे । तर साहसिक रेडकार्पेट लुक्स कुन थियो जसले विश्वलाई प्रभावित तुल्यायो रु उनीहरु यो कुरालाई लिएर हर्षित छन् जसले रेडकार्पेटका परम्परागत मान्यता यस्तो हुनुपर्छ भन्ने सीमालाई भत्काउने प्रयास गरे ।

वर्षको सुरुवात रिहानाको प्रेगनेन्सी लुक्सबाट भयो । प्रेमी असाप रकीको बच्चाको आमाबाट बन्ने खबर बाहिरिएपछि रिहानाले भिन्टेज च्यानल कोटसहित आफूलाई पापाराजीअघि देखाएकी थिइन् ।

पेरिसमा डिओर ब्राण्डले गरेको फेसन शोमा रिहानाले बेबीडल पहिरन, पीभीसी कोट र छालाको बुट लगाएर देखिएकी थिइन् । रिहानाजस्तो सुपरस्टारको यो मातृत्व लुक्स साँच्चै परिवर्तनकारी थियो ।

किम कार्दशियन वर्षको सबैभन्दा विवादास्पद पोशाक प्रकरणमा देखिइन् । पूर्वराष्ट्रपति जोन एफ केनेडीको जन्मदिनमा हलिउड अभिनेत्री मार्लिन मुनरोले लगाएको ह्याप्पी बर्थडे पोशाक लगाएर कार्दशियन त्यहाँ पुगेकी थिइन् । उनले यसलाई मेट स्टेप्समा हिंड्नका लागि मात्र लगाएकी थिइन्, तर फेसन इतिहासको पहिरन लगाउने उनको यो निर्णयबारे लामो समय चर्चा चल्यो ।

अभिनेता तिमोथीलाई सधैं रेडकार्पेटमा सरप्राइज दिने सेलिब्रिटीको रुपमा लिइन्छ । भेनिस फिल्म फेस्टिभलमा ‘बोन्स एण्ड अल’ प्रिमियरमा उनले रातो हल्टर र हैदर एकरम्यानको मिल्दो पातलो प्यान्ट लगाएका थिए । लगत्तै इन्टरनेटमा आगो लाग्यो ।

फेसनको बाइबल समेत भनिने प्रतिष्ठित भग म्यागजिनले वर्ष २०२२ का सर्वोत्कृष्ट १० रेडकार्पेटका तस्वीर सार्वजनिक गरेको छ, जसले परम्परागत रेडकार्पेटको मान्यतालाई जवाफ दिन्छन् ।

तस्बिर : भग म्यागजिन

प्रतिक्रिया