देशभर ४०३ जना थप कोरोना संक्रमित, ६ को मृत्यु

राम्रो अनलाइन     ०१ माघ २०७७, बिहिबार
देशभर ४०३ जना थप कोरोना संक्रमित, ६ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ४०३ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ५ हजार ३२ जनाको स्वाब नमुना परीक्षण गर्दा ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ । 

यसैगरी गत २४ घण्टामा ६ जनाको कोरोना संक्रमितको ज्यान गएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ९४३ पुगेको मन्त्रालयको तथ्यांक रहेको छ ।

बिहीबार ४०५ जना कोरोना संक्रमितहरू संक्रमणमुक्त भएका छन् । यससँगै कोरोनाबा मुक्त हुनेको संख्या २ लाख ६० हजार १७७ रहेको छ । 

हाल नेपालमा ४ हजार ४२६ सक्रिय संक्रमित रहेका छन् भने २३१ जना क्वारेन्टिनमा रहेका छन् ।

मन्त्रालयका अनुसार कोरोनाका गम्भीर १५२ जनाको आइसीयूमा र ३२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रतिक्रिया