मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत प्रस्थान 

राम्रो अनलाइन     २१ वैशाख २०८०, बिहिबार
मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत प्रस्थान 

 

काठमाडौं– परराष्ट्रमन्त्री एनपी साउद संयुक्त अधिराज्य बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन बिहान लण्डन प्रस्थान गरेका छन् । लण्डनमा रहँदा मन्त्री साउदले वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने मन्त्रालयले जनाएको हो। त्यहा रहँदा उनी अन्य औपचारिक कार्यक्रम पनि सहभागी हुनेछन् । परराष्ट्रमन्त्री साउद  वैशाख २६ गते स्वदेश फर्कने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया