अष्ट्रेलियन ओपन टेनिसको उपाधि नाओमी ओसाकाले जितेकी छिन् । दोस्रो पटक उपाधि हात पार्ने क्रममा शनिबार अमेरिकी जेनिफर ब्राडीलाई पराजित गर्दै उनले उपाधि हात पारेकी हुन् ।
ओसाकाले ब्राडीलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरिन् । पहिलो सेटमा केही चुनौती पेस गरे पनि २५ वर्षीया ब्राडी दोस्रो सेटमा फितलो साबित भइन् । यो जापानी खेलाडीले जितेको चौथो ग्रान्ड स्लाम उपाधि हो ।
फाइनल पुग्ने क्रममा ओसाकाले दुई ठूला प्रतिद्वन्द्वी सेरेना विलियम्स र गारबिन मुगुरुजालाई हराएकी थिइन् । उनले अस्ट्रेलियन ओपन जितेको यो दोस्रो पल्ट हो, यसअघि उनी २०१९ की विजेता पनि हुन् ।
उनले दुईपल्ट यूएस ओपन पनि जितिसकेकी छन् । बार्डी भने आफ्नो खेल जीवनको पहिलो ग्रान्ड स्लाम खेलिरहेकी थिइन् र त्यसमा बलियो चुनौती पेस गर्न असफल रहिन् ।
रड लेभर एरेनामा जितपछि ट्रफि उचाल्ने क्रममा ओसाकाले भनिन्, ‘यसपल्ट दर्शकसहितको फाइनल खेल्न पाइयो, त्यसैले म सबै टेनिस समर्थकप्रति आभार छु ।’