एसिया कप : नेपालको एक सय रन पूरा

राम्रो अनलाइन     १८ भदौ २०८०, सोमबार
एसिया कप : नेपालको एक सय रन पूरा

 

काठमाडौँ–एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले एक सय रन पूरा गरेको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले २१ दशकमलव ५ ओभरमा ओभरमा चार विकेट गुमाउदै एक सय रन कटाएको हो । 

नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको थियो भने दोस्रो विकेटको रुपमा भिम सार्कीलाई गुमायो । त्यस्तै नेपालले तेस्रो विकेटको रुपमा कप्तान रोहित पौडेल आउट भए । कुशलले ३८ रन बनाए भने भिमले सात तथा रोहितले पाँच रन जोड्दै बाहिरिए । 

अहिले क्रिजमा सुरुआती व्याट्सम्यान आशिफ शेख र गुलशन झा क्रिजमा छन् । आशिफले ७६ बलमा सात चौकाको सहयोगमा ४५ रन बनाएर खेलिरहेका छन् । 
 

प्रतिक्रिया