‘सट्टापट्टा’ मार्फत मुक्त रंगमञ्च यात्रामा शिल्पी कला समूह

राम्रो अनलाइन     २० असोज २०८०, शनिबार
 ‘सट्टापट्टा’ मार्फत मुक्त रंगमञ्च यात्रामा शिल्पी कला समूह


काठमाडौँ– शिल्पी कला समूहले ‘सट्टापट्टा’ मार्फत फेरि मुक्त रंगमञ्च यात्रा थालेको छ । खाद्यका लागि कृषि अभियानसँगको सहकार्यमा समूहले काठमाडौंपछि (असोज १४, १५, १६) देशका विभिन्न ठाउँमा नाटक मञ्चन गर्ने तयारी गरेको छ । 

१७ गते असोज लमजुङमा, १८ मा तनहुँमा मञ्चनपछि समूह पोखरा लाग्नेछ । असोज १९ मा पोखरामा मञ्चन गरेपछि चितवनमा असोज २०, २२ मा रौतहट, २३ मा सिन्धुलीमा, २४ मा महोत्तरी, २५ मा सुनसरी, २६ मा मोरङ र झापामा असोज २७ मा ‘सट्टापट्टा’ प्रस्तुत गर्नेछ ।

नाटकमा संगीता उराँव, स्मारिका फुयाँल, सुशीला विश्वकर्मा, ज्याक बराल, सुनिता गाहा मगर, रविन परियार, गोविन्द ओली, भकेन्द्र बिसी, हिमाल भुजेल, अनुप तिमल्सिना र प्रेमचन्द पाण्डेयको अभिनय छ ।

कृत्रिम खाद्य र कृत्रिम मलले मानिसको जीवन कसरी ध्वस्त बनाउँदैछ, देशको खाद्य प्रणालीलगायतका मुद्दा नाटकमा उठाइएको छ । शिल्पीले केही वर्ष सडक नाटक गर्‍यो । त्यसपछि कचहरी नाटक । अहिले मुक्त रंगमञ्चलाई अभ्यास गर्दैछ ।

मुक्त रंगमञ्चका लागि समूहले खुल्ला ठाउँलाई मञ्चका रुपमा प्रयोग गर्दै आइरहेको छ । खुल्ला ठाउँमा पनि नाटकघर झैं कलात्मक र व्यवस्थित गर्न सकिन्छ भन्ने प्रयासमा समूहले यस्तो रंगमञ्च गर्दै आइरहेको हो ।

प्रतिक्रिया