अक्टोबर ७ मा हमास लडाकुले इजरायलमा अचानक गरेको आक्रमणमा १४ सयजना मारिए । सो आक्रमणपछि सुरु भएको पछिल्लो इजरायल–हमास युद्ध एक महिना पूरा हुँदा हताहती निकै बढिसकेको छ । सुरुवाती आक्रमणमा इजरायलले ठूलो क्षति भोग्यो । इजरायलले अक्टोबर ७ देखि नै निरन्तर हमास शासित घना गाजापट्टीमा निरन्तर बमबारी गरिरहेको छ । यी बमबारीमा नौ हजार ७७० मारिएको हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले बताएको छ ।
इजरायल, अमेरिकालगायत अन्य केही पश्चिमी मुलुकले यस निकायको तथ्यांकको प्रमाणीकतामाथि शंका व्यक्त गरेका छन् । तथापि विगतका युद्धमा पनि सोही गाजा क्षेत्रमा शासन गरिरहेको हमासले चलाइरहेको स्वास्थ्य मन्त्रालयको मृतक संख्यालाई नै आधिकारिक मान्ने गरिएको छ । अन्तर्राष्ट्रिय मानवीय संगठनले पनि यसैलाई आधार बनाउने गरेका छन् । ती संस्थाका अनुसार वास्तविक मृतक संख्या थप बढी हुन सक्ने बताएका छन् । गाजाको स्वास्थ्य मन्त्रालयले अस्पताल र अन्य स्वास्थ्य निकायमा ल्याइएका शवका आधारमा मृत्युको संख्या गणना गर्छ । जबकि गाजाभर ढलाइएका ठुल्ठूला भवनमा अझै सयौँको संख्यामा शव दबेको हुन सक्ने बताइएको छ ।
युक्रेनमा भन्दा धेरै आमनागरिकको हत्या
यो तथ्यांकका आधारमा गाजा इजरायलले गरेको बमबारीका क्रममा एक महिना मारिएको नागरिकको संख्या युक्रेन युद्धको १९ महिनामा रुसी सेनाबाट मारिएका युक्रेनी आमनागरिकको संख्याभन्दा बढी देखिन्छ । युक्रेन युद्धका नागरिक हताहतीबारे सबैभन्दा सटिक मानिने संयुक्त राष्ट्रसंघीय मानवाधिकार उच्चायुक्तको कार्यालयको पछिल्लो अपडेट सेप्टेम्बर २४मा जारी भएको थियो । त्यसमा ०२२ फेब्रुअरी २२ मा युक्रेनमा रुसले आक्रमण गरेदेखि नौ हजार ७०१ युक्रेनी नागरिक मारिएको उल्लेख छ । ९ तथापि त्यहाँको युद्धमोर्चामा मारिने सैनिकको संख्या भने निकै उच्च छ । अक्टोबरसम्म करिब ७० हजार रुसी तथा युक्रेनी सैनिक मारिएको विभिन्न स्रोतहरूको विश्लेषणले देखाउँछ ।०
चार हजार बालबालिकाको मृत्यु
गाजामा मारिने नौ हजार ९७० मध्ये चार हजार बालबालिका छन् । गैरनाफामूलक संस्था ‘सेभ द चिल्ड्रेन’का अनुसार गाजामा मारिएकामध्ये ४० प्रतिशत बालबालिका रहेको औँल्याएको छ । त्यस्तै हजार बालबालिका अझै बेपत्ता रहेको र धेरै भग्नावशेषभित्र पुरिएका हुन सक्ने संस्थाले चिन्ता व्यक्त गरेको छ । ‘गाजामा पछिल्लो तीन सातामा मारिएका बालबालिकाको संख्याले सन् २०१९ देखि विश्वभरका युद्धग्रस्त क्षेत्रमा मारिएका बालबालिकाको संख्या उछिनेको छ,’ सेभ द चिल्ड्रेनले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।