काठमाडौँ–स्वीकारोक्ति फाउन्डेसन अमेरीकाको आयोजना र प्यावसक काठमाडाँैको सहआयोजनामा ‘स्वीकारोक्ति विश्व यात्रा २०२३’ समापन गरिएको छ । काठमाडौँमा साहित्यिक तथा युवा शैक्षिक शिखर सम्मेलनको आयोजना गर्दै यात्रा समापन गरिएको हो । गत मंसिर ७ गते साामाजिक अभियन्ता प्रदीप घिमिरेसँगको सहकार्यमा सडक किनारमा रातको समयमा भोकै बस्न बाध्य करिब १३० जनालाई खाना खुवाएर विश्व यात्राको आरम्भ भएको थियो । मंसिर ८ गते काठमाडौँको बाटोमा हरियो टिसर्ट सहित ‘सेभ द अर्थ’ भन्ने नाराका साथ शान्तिको सन्देश दिन साइकल र्याली समेत निकालिएको थियो ।
विश्वयात्राक्रममा काठमाडाैँ पछि झापाको विभिन्न स्थानमा बृहत् कार्यक्रम गर्दै धरान पुगेर बृक्षारोपण अभियानमा समेत सहभागिता जनाइएको थियो । नेपाल, सिक्किम दार्जिलिङ हुँदै भारतको आसाम गहावटी पुगी फाउन्डेसनले नेपाली साहित्यका मुर्धन्य व्यक्तित्व लीलबहादुर क्षेत्रीलाई ६ लाख नेपाली नगद राशिसहित स्वीकारोक्ति सिद्धि पुरस्कार हस्तान्तरण गरेको थियोे ।
प्रज्ञा प्रतिष्ठानको सभा हलमा काठमाडौंमा भएको यात्राको अन्तिम कार्यक्रममा विभिन्न विद्यालयका करिव १३ सय विद्यार्थीहरूको सहभागिता रहेको स्वीकारोक्ति दर्शन अभियानका अभियान्ता तथा काठमाडौँ कार्यक्रम संयोजक दयाराम घिमिरेले जानकारी दिए ।
सिक्किम विश्व विद्यालय नेपाली विभागकी प्राध्यापक डाक्टर पुष्पा शर्माको प्रमुख आतिथ्य र स्वीकारोक्ति दर्शनका प्रवर्तक डेन्जोम साम्पाङ राईको अध्यक्षतामा भएको कार्यक्रममा महाअभियानको समापन भएको थियो । कार्यक्रममा स्वीकारोक्ति दर्शन सम्बन्धि स्वीकारोक्ति दर्शनका प्रवर्तक डेन्जोम साम्पाङ राई र मोटिभेटर राजाबाबु शाहले विद्यार्थीहरूको व्यक्तित्वको विकासका उपायहरू सुझाएका थिए । स्विकारोक्ति फाउन्डेसन अन्तर्राष्ट्रिय सम्पर्क, समन्वय तथा कार्यक्रम आयोजना प्रमुख कर्ण गुरुङले यस विश्व यात्रा सकारात्मक भाव सहित खुसी शान्ति र सद्भाव फैलाउने विशेष उदेश्यका साथ आयोजना गरिएको बताए । स्वीकारोक्ति विश्व यात्रा २०२३ मा नेपाल र भारतका विभिन्न स्थानहरुमा स्वीकारोक्ति दर्शन सम्बन्धि कार्यक्रमहरु सहित सम्पन्न भएको उनले बताए । साथै अन्य वर्षहरूमा अन्य देशहरूमा यो यात्रा जारी रहने गुरुङको भनाइ थियो । कार्यक्रममा स्विकारोक्ति फाउन्डेसन अन्तर्राष्ट्रिय सम्पर्क, समन्वय तथा कार्यक्रम आयोजना प्रमुख कर्ण गुरुङको चेतनाको बाटो बिचार संग्रह, मानव म्युजिक भिडियो र गोपाल पौडेलको ‘स्टोरी ह्वीथइन दी स्टोरी’ कथा संग्रहको विमोचन समेत गरिएको थियो । कार्यक्रममा स्वीकारोक्ति दर्शनकी अभियान्ता तथा कलाकार शिला उप्रेतीको विशेष प्रस्तुति रहेको थियो भने सिक्किमका गायक तथा संगीतकार डाक्टर मनोज राई, गायक तथा संगीतकार सिडि विजय अधिकारी, गायक यम बराल र यस कुमारले प्रस्तुति दिएका थिए ।
कार्यक्रममा प्रा.डा. टंकप्रसाद न्यौपाने, साहित्यकार राधेश्याम लेकाली, संगीतकार दीपक जंगम, कवि विप्लव प्रतीक, डाक्टर गोविन्द रिजाल, गीतकार डा. कृष्णहरि बराल, काठमाडौँ प्याप्सन अध्यक्ष प्रेम राई परिक्षित, कलाकार मनोज गजुरेल, सिक्किमका समाजसेवी जि.यस शर्माको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वीकारोक्ति फाउन्डेसनका अभियान्ताहरु पातलो अन्तरे, शेखर कोईराला, दियालो शुसन माझी, नेत्र आचार्य, गजलकार दिलिप घिमिरे, विवश बलिभद्र कोईराला, खगिन्द्रा खुशी, कवि नवराज पराजुली, कविता पौडेल, उत्तम तुम्सा लिम्बू लगायतका स्रष्टाहरुले आफ्नो सृजना प्रस्तुत गरेका थिए ।
जिविएओका उपाध्यक्ष तथा अभियान्ता आभास रिखम मगरले स्वागत गरेको कार्यक्रम सञ्चालन लोकप्रिय कार्यक्रम प्रस्तोता दिनेश डिसी र पूर्व मिस नेपाल सुगारिका केसीले गरेका थिए ।