नेपाल इन्फ्रास्ट्रक्चर बैंकको हालसम्मकै ठुलो आईपीओ आज (माघ २) गतेबाट खुलेको छ । चुक्ता पुँजी बढाउन बैंकले ठुलो मात्रामा आईपीओ खुल्ला गरेको हो ।
८ अर्बको रुपैयाँको ८ करोड कित्ता आईपीओमध्ये ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामुहिक लगानी कोष ९म्यूचुअल फन्ड० का लगानीकर्तालाई तथा ०।२० प्रतिशतले हुने १ लाख ६० हजार कित्ता शेयर कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँट गरिनेछ ।
यो शेयर हालसम्म बजारमा जारी भएका साधारण शेयरमध्येकै सबैभन्दा ठूलो हो । यो शेयरका लागि आगामी मंगलबार साँझ ५ बजेसम्म आवेदन दिन सकिनेछ ।
धेरै परिमाणको शेयर भएकाले लगानीकर्ताले धेरै शेयर पाउने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन् । उनीहरूका अनुसार पहिलेको जस्तो १० कित्ता शेयर मात्र नभएर ५० देखि ६० वटासम्म पर्न सक्नेछ ।
यसअघिको चन्द्रागिरी हिल्सको निवेदकभन्दा यसपटक निबेदक बढ्ने निश्चित छ । चन्द्रागिरी हिल्सको लागि १३ लाख आवेदकले आवेदन दिएका थिए । आजबाट खुलेको निफ्राको शेयरका लागि १५ लाख आवेदक भएपनि कम्तिमा ५० वटा शेयर पर्ने निश्चित छ ।
त्यसैले लगानीकर्तालाई पहिलेजस्तो १० कित्ता मात्र पर्ने मानसिकतामा कम शेयर आवेदन नगर्न विश्लेषकहरूले बताएका छन् ।