काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विद्यालयमा अनुशासन इन्चार्ज नराख्न निर्देशन दिएको छ ।
डीआईले अनुशासनको नाममा विद्यार्थीहरूलाई कडाइ गर्ने, विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रूपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजाय समेत दिने गरेको पाइएकाले महानगरपालिकाले निर्देशन जारी गरेको हो ।
