आई लभ...

राम्रो अनलाइन     ०२ फागुन २०८१, शुक्रबार
आई लभ...

नम्रता श्रेष्ठ, अभिनेत्री
मलाई गुलाबको फूल साह्रै मन पर्छ । लुगामा टिसर्ट–प्यान्ट मन पर्छ । नेपाली सादा खाना दालभात–तरकारी मन पर्छ । बिरालो र कुकुर मेरा प्रिय जनावर हुन् । तिलिचो ताल हेर्ने रहर छ । गुची मेरो मन पर्ने ब्रान्ड हो । 


आर्जन पाण्डे, गायक 


रातो गुलाब राम्रो लाग्छ । फर्मल ड्रेसमा सजिन रुचाउँछु । पानीपुरी भनेपछि भुतुक्कै हुन्छ । बफादार हुने भएकाले जनावरमा मलाई कुकुर मन पर्छ । इन्डोनेसियाको बाली मन पर्ने ठाउँ हो । ब्रान्डमा सीके र गुची ठीक लाग्छ । 


सुशीला पाठक, गायिका 


गुलाबको बास्ना मन पर्छ । पहिरन टिसर्ट–प्यान्ट्स मन पराउँछु । नेपाली खाना स्वाद लिई खान्छु । गुन्दु्रक मेरो फेभरेट हो । घरमा पहिलादेखि बिरालो पालेकाले त्यही मेरो प्रिय जनावर हो । गुची ब्रान्डको फ्यान हुँ ।



युवराज चौलागाईं, गायक 


रातो गुलाब हेर्दा आनन्द लाग्छ । क्याजुअल डे«ेसमा ठाँटिन मन पर्छ । ब्लेजर लगाउन रुचाउँछु । जुत्तामा बुट राम्रो लाग्छ । टमाटरको अचार, दालभाल र तरकारी औधी मन पर्छ । जनावरमा घोडा ठीक लाग्छ । घोडाको सवारी गर्दा छुट्टै आनन्द प्राप्त हुन्छ । अन्नपूर्ण बेस क्याम्प र रारा ताल जाने रहर छ । जर्जियो अरमानी, एडिडासलगायत ब्रान्ड मन पर्छन् । 


सुप्रिया कटुवाल, अभिनेत्री


मलाई कमलको फूल मन पर्छ । सारीमा चिटिक्क हुन मन पर्छ । थकाली खाना खान मन पर्छ । जनावरमा मृग राम्रो लाग्छ । जति घुमे पनि पोखार गइराखूँ जस्तो लाग्छ । 


सुपुष्पा भट्ट, अभिनेत्री


फूल त गुलाबै हो । त्यही मन पर्छ । प्यान्ट–टिर्सट लगाउन मन पर्छ । सिजलर खान पाए अरू केही चाहिँदैन । जनावरमा सिंह मन पर्छ । ठाउँ रारा साह्रै रमणीय लाग्छ । गुची, राडोलगायत ब्रान्ड मन पर्छन् । 

अञ्जु पन्त,  गायिका
पारिजातको फूलमा सुगन्धित बास्ना हुन्छ । त्यसको सुगन्ध मलाई असाध्यै मन पर्छ । पहिरनमा लामो गाउन र सारी लगाउन मन पर्छ । नेपाली सादा खाना, गुन्द्रुक र साग मन पर्छ । जनावरमा पान्डा एकदमै क्युट लाग्छ । मलाई इजिप्ट जाने ठूलो रहर छ । एक्सेसरिजमा घडी र चस्माको सोखिन छु । राडो, रोलेक्स ब्रान्ड मन पर्छन् । 

शुभेच्छा खड्का, अभिनेत्री 
फूलमा गुलाब मन पर्छ । पहिरन कोट–प्यान्ट राम्रो लाग्छ । थकाली खाना मेरो बेस्ट हो । कुकुर मन पर्ने जनावर हो । स्थानमा अन्नपूर्ण बेस क्याम्प मन पर्छ । घडीको एकदमै सोखिन छु । 

लक्ष्मी गिरी, अभिनेत्री 
गुनकेशरी फूल मन पर्छ । मलाई गुलाबी रङको सारी पूरा बाहुले चोलोमा सजिन राम्रो लाग्छ । नेवारी खाना मेरो फेभरेट हो । जनावरमा कुखुराको चल्ला मन पर्छ । नेपालको हिमाली भेग घुम्न रमाइलो लाग्छ । 

दीपाश्री निरौला, अभिनेत्री
पारिजात र गुलाबको फूल मन पर्छ । कुर्ता–सुरुवाल र टिसर्ट–प्यान्ट लगाउन ठीक लाग्छ । पनिर, मःमः खान मन पर्छ । जनावरमा कुकुर साह्रै मन पर्छ । पोखरा, मनाङ र मुस्ताङ मेरा बेस्ट प्लेस हुन् । जति गए पनि मन भरिँदैन, जाऊँ–जाऊँ लागिरहन्छ । ल्याक्मे, लोटसका सौन्दर्य प्रसाधन मन पर्छन् । जारा, गुची ब्रान्ड प्रयोग गर्छु ।

दमन रूपाखेती, अभिनेता
कहिल्यै नओइलिने मखमली फूल मन पर्छ । लुगामा टिर्सट–प्यान्ट र क्याप मन पर्छ । परेवा मेरो प्रिय पक्षी हो । ठाउँ त काठमाडौँबाहेक कहीँ जान मन लाग्दैन । यो नै मेरो बेस्ट ठाउँ हो । 

प्रतिक्रिया