आँबुखैरेनी–जामुनेसम्मको ४१ किमि सडक निर्माण पूरा

राम्रो अनलाइन     ०३ चैत २०८२, मङ्गलबार
आँबुखैरेनी–जामुनेसम्मको ४१ किमि सडक निर्माण पूरा

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किमि सडक निर्माण पूरा भएको छ ।

निर्माण कम्पनीले उक्त खण्ड सोमबार सरकारलाई हस्तान्तरण गरेको छ । यो सडक बजार क्षेत्रमा छ । ग्रामीण भेगमा सडक चार ‘लेन’मा विस्तार भएको छ ।

आगामी पाँच वर्षसम्म सडकको मर्मतसम्भार कम्पनीले गर्ने सडक विस्तार आयोजनाका सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले जानकारी दिए । 

एसियाली विकास बैंकबाट ६ अर्ब ३१ करोड रुपैयाँ ऋण लिएर यो सडक विस्तार गरिएको हो ।

प्रतिक्रिया