आउनुस्, समस्या भए सँगै बसौंँ, छलफल गरौँ  र समाधान गरौंँ :  प्रम ओली

राम्रो अनलाइन     २७ वैशाख २०७८, सोमबार
आउनुस्, समस्या भए सँगै बसौंँ, छलफल गरौँ  र समाधान गरौंँ :  प्रम ओली

काठमाडौँ, २७ वैशाख : नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा प्रधानमन्त्रीका पक्षमा मतदान गर्न दलका तर्फबाट पुनः आग्रह गरेका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज अपराह्न १ बजेदेखि प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दै छ ।
 
उनले आज बिहान ट्वीट गर्दै यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने भएकाले हतारोमा कुनै अनुचित निर्णयमा जान वाञ्छनीय नहुनेमा  सबै सांसदको ध्यानाकर्षण गराएका छन् ।
 
आउनुस्, केही समस्या भए सँगै बसौंँ, छलफल गरौँ र समाधान गरौंँ”, प्रधानमन्त्री ओलीको ट्वीटमा भनिएको छ ।
 

प्रतिक्रिया