काठमाडौं – हङकङका बाबर हायतले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । आगामी मंसिर १५ देखि सुरु हुने एनपीएलका लागि कर्णालीले बाबर हायतलाई अनुबन्ध गरेको जनाएको छ ।
पाकिस्तानमा जन्मेर हङकङका लाग्दै खेल्दै आएका बाबरले यसअघि पनि नेपालमा आएर क्रिकेट खेलिसकेका छन् । उनीसँग नेपालमा धेरै क्रिकेट खेलेको अनुभव छ । बाबरले हङकङका लागि २२ ओडिआई र ७९ टी २०आई म्याच खेलेका छन् । टी–२० आईमा उनले १ हजार ९१० रन बनाएका छन् भने १२२ रनको उच्च स्कोर हो । उनको नाममा दुई टी–२०आई शतक पनि छ भने १० अर्धशतक पनि प्रहार गरेका छन् । उनले सन् २०२४ मै नेपालविरुद्ध नै एक सय १० रन बनाएका थिए ।
बाबरले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपमा नेपाल विरुद्धकै खेलमा टी–२० आईमा डेब्यु गरेका थिए । पावर हिटिङका लागि परिचित बाबरले टी–२० क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् र उनको आगमनले टिम अझै बलियो हुने कर्णालीले जनाएको छ ।