बागमतीका १२ प्रदेशसभा सदस्यले रोजे नयाँ दल

राम्रो अनलाइन     १५ भदौ २०७८, मङ्गलबार
बागमतीका १२ प्रदेशसभा सदस्यले रोजे नयाँ दल


बागमती– बागमती प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट प्रतिनिधित्व गरेका १२ सदस्यले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । उनीहरुले औपचारिकरूपमा एमाले पार्टी छोड्दै नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका हुन् । समाजवादी रोज्नेमा मुख्यमन्त्री शाक्य नेतृत्वमा भर्खरै गठन भएको सरकारका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालसमेत रहेका छन् ।

बाह्र जना प्रदेशसभा सदस्यले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा जानका लागि सनाखत गरेको बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयले जानकारी दिएको छ । एकीकृत समाजवादी रोज्नेमा प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईँ, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, वसन्त मानन्धर, रमा आलेमगर, कुसुमकुमार कार्की र कृष्ण शर्मा खनाल छन् । बाह्र प्रदेशसभा सदस्यले दल परिवर्तन गरेपछि अष्टलक्ष्मी शाक्य नेतृत्वको नवगठित सरकार अल्पमतमा परेको छ ।
 

प्रतिक्रिया