काठमाडौं – भक्तपुरको सानोठिमीस्थित बाल सुधारगृहमा झडप हुँदा नौजना घाइते भएका छन् । बिहीबार ९माघ ८० राति बाल सुधारगृहभित्रका दुई समूहबीच आन्तरिक विवादका कारण झडप भएको उपत्यका प्रहरी कार्यालका एसएसपी प्रविण धितालले जानकारी दिए ।
झडपमा सात बालक घाइते भएका छन् । बाल सुधारगृह परिसरमा रातिदेखि नै ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटाइएको छ ।
शुक्रबार (माघ ९) भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बाल सुधारगृहका दुवै पक्षसित प्रहरीले अवस्था सामान्य बनाउन छलफल जारी राखेको छ ।
बाल सुधारगृहको सुरक्षामा खटिएका प्रहरी कर्मचारीले हतियार बोक्न नपाउने कानुनी व्यवस्था छ । कारागारको तुलनामा बाल सुधारगृहमा डिउटीमा खटिएर सुरक्षा प्रदान गर्न कठिनाइ हुँदै आएको प्रहरीले जनाएको छ ।
भक्तपुरको बाल सुधारगृहमा विवाद समाधान गर्न पुगेका दुई प्रहरीमाथि समेत हातपात भएको जनाइएको छ । सुधारगृहका बालबालिकाले अवस्था नियन्त्रण गर्न खटिएका प्रहरीमाथि नै ढुंगा प्रहार गरेका थिए ।
उक्त सुधारगृहमा १४५ पुरुष र २४ महिला गरी १६९ जना छन् । हाल अवस्था नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।