बालेन ‘अस्वस्थ’, काठमाडौं फर्किए

राम्रो अनलाइन     ०८ फागुन २०८२, शुक्रबार
बालेन ‘अस्वस्थ’, काठमाडौं फर्किए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ‘अस्वस्थ’ भएपछि काठमाडौं फर्किएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार (फागुन ७)बेलुका सुर्खेतबाट हवाईमार्गमार्फत उनी काठमाडौं फर्किएका रास्वपाका एक नेताले जानकारी दिए ।

‘वरिष्ठ नेताको स्वास्थ्यमा समस्या आएपछि फर्किनुभएको हो । उहाँ दाङको कार्यक्रममा सहभागी हुनु हुन्न,’उनले भने ।  दाङको घोराहीमा आज (फागुन ८) रास्वपाका सभापति रवि लामिछाने र बालेनले सम्बोधन गर्ने आमसभा तय थियो ।

‘उतै सुर्खेतबाट काठमाडौं फर्किनुभएको हो,’ उनले भने । स्वास्थ्यमा समस्या देखिएको बताइए पनि के भएको भन्ने खुलाइएको छैन ।

प्रतिक्रिया