बाराका किसानले चैते धान पनि रोप्न पाएनन्

राम्रो अनलाइन     २१ वैशाख २०८१, शुक्रबार
बाराका किसानले चैते धान पनि रोप्न पाएनन्

 

बारा– चैतभित्रै किसानले चैतेधान रोपाइँ गरेर सकिसक्नु पर्नेमा लामो समयदेखिको खडेरीले बारा दक्षिणी भागका किसान प्रभावित भएका छन्। बारामा हालसम्म करिब ६० प्रतिशत मात्र चैते धान रोपाइँ भएको छ।

कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायणप्रसाद साहका अनुसार जिल्लाको उत्तरी क्षेत्रका किसान आफैंले सिँचाइको व्यवस्था गरी यस वर्ष १६ हजार हेक्टरमा हर्दिनाथ–१, चैते–१, चैते–२, चैते–४ जातको धान रोपेका छन्। दक्षिणी क्षेत्रका किसानले खडेरीले गर्दा रोपाइँ गर्न सकेको छैनन्।

भदैया, अग्हनी धानको उत्पादकत्वभन्दा चैतेधानको उत्पादन बढी हुने भएकाले चैतेधान खेतीतर्फ किसान बढी आकर्षित हुने गरेका छन्। गत वर्ष किसानले कुल १६ हजार हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरी प्रतिहेक्टर पाँच मेट्रिक टन उत्पादन गरेका थिए।

प्रतिक्रिया