बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुन्छ कारोबार ?

राम्रो अनलाइन     ११ फागुन २०८२, सोमबार
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुन्छ कारोबार ?

काठमाडौंं – नेपाली बजारमा सुनको भाउ सोमबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (फागुन ११) सुन तोलामा ३२ सय रुपैयाँले बढेको हो । 

अघिल्लो दिन प्रतितोला ५६ सयले बढेर तीन लाख १० हजार ३०० रुपैयाँ कायम भएको थियो । आजको भाउअनुसार उपभोक्ताले एक तोला सुन किन्न तीन लाख १३ हजार ५०० रुपैयाँ खर्चिनुपर्ने हुन्छ ।

यस्तै, चाँदीको भाउ तोलामा १७० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ५९५ रुपैयाँ पुगेको छ । आइतबार पाँच हजार ४२५ रुपैयाँमा किनबेच भएको थियो । 

प्रतिक्रिया