बलात्कार मुद्दामा दोषी ठहर भएका लामिछानेमाथि आज अदालतले सजाय तोक्दै

राम्रो अनलाइन     २५ पुस २०८०, बुधबार
बलात्कार मुद्दामा दोषी ठहर भएका लामिछानेमाथि आज अदालतले सजाय तोक्दै

काठमाडौँ– बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेमाथि आज अदालतले सजाय सुनाउदैँ छ । पुस १३ गते सन्दीप लामिछानेलाई  अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो।

आजको पेशीबाट लामिछानेको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण हुनेछ । अदालतले गौशाला २६ नाबालिग नभएको ठहर गरेकाले सन्दीपलाई ७ देखि १० वर्षसम्म कैद सजाय हुनसक्ने कानुनका जानकारहरु बताउँछन् ।

 करिव डेढ वर्षअघि क्रिकेटर सन्दीप लामिछानेमाथि बालिका बलात्कारको आरोप लागेको थियो । ती किशोरीले गौशालाको एक होटलमा लगेर आफूलाई सन्दीपले पटक–पटक बलात्कार गरेको आरोपसहित २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको भन्दै सरकारी वकिलले मुद्दा दायर गरेको थिए। 

मुद्दा दायर भएको १६ महिनापछि पुस १३ गते फैसला भएपनि दोषी ठहर भएका लामिछानेलाई त्यस दिन सजाय तोकिएको थिएन। 
 

प्रतिक्रिया