बम्जनको मुद्दामा बहश सकियो, आदेश केहीबेरमा आउने

राम्रो अनलाइन     २६ पुस २०८०, बिहिबार
बम्जनको मुद्दामा बहश सकियो, आदेश केहीबेरमा आउने

काठमाडौँ–  हत्या, यौन शोषण जस्ता आरोमा पक्राउ परेका  ‘तपस्वी’ रामबहादुर बम्जनविरुद्धको मुद्दामा बहस सकिएको छ ।  

अदालतमा सरकारी वकिलका तर्फबाट २ जना र प्रतिवादीका तर्फबाट ५ जनाले बहस गरेका थिए । बम्जनले आफ्नै आश्रममा बस्ने आनीलाई बलात्कार गरेको आरोप छ ।  बलात्कृत भएपछि २०७५ मा आनीले आश्रम छाडेर बम्जनबिरुद्ध प्रहरीमा उजुरी गरेकी हुन् । २०७६ माघमा सर्लाही प्रहरीले आनीलाई बाल यौन दुव्र्यवहार गरेको मुद्दा दर्ता गरेर बम्जनबारे अनुसन्धान थालेको थियो ।

न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासमा बम्जनलाई पुर्पक्षका लागी थुनामा पठाउने वा तारेखमा छाड्ने भन्नेबारे बहस भएको थियो । अदालतले आजै थुनछेक आदेश गर्ने भएको छ ।

प्रतिक्रिया