ब्रिटिस अभिनेत्री क्लार्कको खुलासा 

राम्रो अनलाइन     ०८ चैत २०७९, बुधबार
ब्रिटिस अभिनेत्री क्लार्कको खुलासा 

 

सन् २०१९ मा मार्च २१ मा ब्रिटिस अभिनेत्री एमिलिया क्लार्कले आफूलाई मस्तिष्कसम्बन्धी समस्या रहेको सार्वजनिक गरेकी थिइन् । ‘द न्यु योर्कर’ मा एक लेख लेख्दै उनले आफ्नो मस्तिष्कमा दुईवटा एन्युरिज्म रहेको खुलासा गरेकी थिइन् । 

क्लार्क १९८६ को अक्टोबर २३ मा बेलायतको राजधानी लन्डनमा जन्मिएकी हुन् । ड्रामा सेन्टर लन्डनमा अध्ययनपछि उनले २००९ मा बीबीसी वनको मेडिकल सोप ओपेरा ‘डक्टर्स’ बाट अभियन यात्रा थालेकी थिइन् । त्यसको अर्को वर्ष ‘ट्राइयासिक अट्याक (२०१०)’ टेलिभिजन सिरिजमा गरेको अभिनयका कारण उनलाई स्क्रिन इन्टरनेसनल म्यागेजिनले ‘यूके स्टार्स अफ टुमारो’ मा समावेश गरेको थियो ।

२०११ मा ‘गेम अफ थ्रोन्स’ सिरिजमा अभिनय गरेपछि भने क्लार्कले विश्वव्यापी चर्चा बटुलिन् । उनले ‘स्पाकइक आइल्यान्ड’, ‘डोम हेमिङवे’, ‘टर्मिनेटर जेनिसिस’, ‘मी विफोर यू’, ‘भ्वाइस फ्रम द स्टोन’, ‘लास्ट क्रिसमस’, ‘द अमेजिङ मरिस’, ‘द पड जेनेरेसन’ लगायतका फिल्ममा अभिनय गरेकी छन् । अम्पाएर तथा स्याटर्न अवार्ड विजेतक क्लार्क क्रिटिक्स च्वाइस अवार्डमा तीन पटक र प्राइमटाइम एमी अवार्डमा चार पटक मनोनयनमा परिसकेकी छन् । टाइम म्यागेजिनले उनलाई २०१९ मा विश्वका एक सय प्रभावशाली व्यक्तिहरूको सूचीमा समावेश गरेको थियो ।

प्रतिक्रिया