बर्नलीमाथि एभर्टनको सहज जित 

राम्रो अनलाइन     २९ भदौ २०७८, मङ्गलबार
बर्नलीमाथि एभर्टनको सहज जित 

काठमाडौं : इंग्लिस प्रिमियर लिग (इपीएल) मा एभर्टनले बर्नलीमाथि सहज जित निकालेको छ । सोमबार राति गुडसन पार्कमा भएको खेलमा एभर्टनले बर्नलीलाई ३(१ गोल अन्तरले पराजित गरेको हो । 

घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन माइकल केन, एन्ड्रोस टाउनसेण्ड र डेमाराई ग्रेले १(१ गोल गरे । बर्नलीका लागि बेनमीले १ गोल गरे । 

खेलमा अग्रता भने भ्रमणकारी टोली बर्नलीले बनाएको थियो । दोस्रो हाफको ५३ मिनेटमा बेनमीले बर्नलीलाई अग्रता दिलाए । 

६० मिनेटमा माइकलले गोल गर्दै घरेलु टोलीलाई १(१ को बराबरीमा ल्याए । बराबर गोल गरेको पाँच मिनेटमै एन्ड्रोसले २(१ को अग्रता दिलाए । 

६६ मिनेटमा ग्रेले एभर्टनको लागि तेस्रो गोल गर्दै ३(१ को जित सुनिश्चित गरे । 

जितसँगै एभर्टन तालिकाको चौथो स्थानमा उक्लिएको छ । उसको चार खेलबाट १० अंक भएको छ । पराजित बर्नली समान चार खेलबाट एक अंकसहित १८औँ स्थानमा छ । 
 

प्रतिक्रिया