चाबहिल– बौद्ध क्षेत्रमा ४ घण्टा विद्युत आपूर्ति बन्द हुने

राम्रो अनलाइन     २१ पुस २०८०, शनिबार
चाबहिल– बौद्ध क्षेत्रमा ४ घण्टा विद्युत आपूर्ति बन्द हुने

काठमाडौँ– आज(शनिबार) काठमाडौंका केही ठाउँमा बिजुली आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले चाबहिलदेखि बौद्धसहितका केही क्षेत्रमा चार घण्टा विद्युत आपूर्ति बन्द हुने बताएको छ।

विद्युत लाइन मर्मतको काम भइरहेकोले बिहान १०:३० बजेदेखि दिउँसो साढे २ बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया