छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी चारजनाको मृत्यु

राम्रो अनलाइन     २५ माघ २०८२, आइतबार
छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी चारजनाको मृत्यु सांकेतिक तस्बिर

काठमाडौं –  छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी चारजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सप्तरीको शम्भुनाथ नगरपालिका(१०, जमुवास्थित सडकमा प्रदेश २–०१–००१ प ५०४५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका(१० जमुवा बस्ने ६८ वर्षीय रामबाबु मण्डलको शनिबार बेलुकी मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार दुईजनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, संखुवासभाको सिलिचोङ गाउँपालिका(२ स्थित सडकमा बा.प्र.०२–०४६ प २४६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका–२ बेतेनी घर भएका ५६ वर्षीय प्रेम कुमार राईको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका(७ लुभु नरकटेस्थित सडकमा प्रदेश ३–०२–००१ प ३९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक इलाम देउमाई नगरपालिका(४ मंगलबारे घर भएका ३६ वर्षीय  टिकाराम राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको किष्ट अस्पताल इमाडोलमा उपचारको क्रममा मृत्यु भएको हो ।

बैतडीको दोगडाकेदार गाउँपालिका(३ घोडेधारस्थित सडकमा सुपप्र०२–००१ज ०६२४ नम्बरको इभी गाडी अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा गाडी चालक सोही गाउँपालिका–५ न्वाली बस्ने २५ वर्षीय मदन ठगुन्नाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको  थप उपचारको लागि डडेल्धुरा अस्पताल डडेल्धुरातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया