चितवनमा ५४२ केजी गाँजा बरामद

राम्रो अनलाइन     ०७ फागुन २०८०, सोमबार
चितवनमा ५४२ केजी गाँजा बरामद

चितवन– चितवनबाट प्रहरीले ५ सय ४२ किलो गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ८ बजे राप्ती–३ स्थित पूर्व–पश्चिम राजमार्गको झुरझुरेमा सडक छेउमा ना ३ ख ६१२२ नम्बरको ट्रक र ना ३ ख ७२४० नम्बरको डिब्बा ट्रकमा लुकाइएको ५ सय ४२ किलो गाँजा बरामद गरिएको हो ।

शंकास्पद अवस्थामा रोकिराखेको देखेपछि ट्रकको चेकजाँच गर्दा ठूलो परिमाणमा गाँजा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले बरामद भएको गाँजा धादिङ, मकवानपुर र चितवनका पहाडी क्षेत्रमा उत्पादन गरिएको हुनसक्ने बताए।

प्रहरीले डिब्बा ट्रकका चालक धनकुटा छथर जोरपाटे–३ का ३२ वर्षका रमेशनाथ दाहाल र अर्को ट्रकमा सवार कपिलवस्तु बुद्धभूमि–४ का २५ वर्षीय खुशीराम थारूलाई पक्राउ गरेको छ। ट्रकका चालक फरार छन्।

प्रतिक्रिया