पछिल्लो २४ घण्टामा २४० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अद्यावधिक विवरणअनुसार शनिबार २४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ ।
यस्तै गत २४ घण्टामा ४७७ कोरोना संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार निको हुनेको संख्या २ लाख ६१ हजार ४४ पुगेको छ ।
गत २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको ज्यान गएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९५४ पुगेको छ ।
हाल देशभर ४ हजार ५८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।